काठमाडौं ।
संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय केन्द्रहरुमा (होल्डिङ सेन्टर) रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने’ समितिको निर्णय छ ।
गत सोमबार समितिको बैठकमा यो विषयमा छलफल भएको थियो । सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको अवलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
यस आधारमा समितिले सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो ।












