पोखरा ।
मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको ज्यान गएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको मुस्ताङ प्रहरीले जनाएको छ ।
मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या ३ पुगिसकेको छ । मृतकमध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएकाहरु हुन् ।













