गठबन्धनको उत्सव सकियो, अब रियल चुनाव हुन्छ : एमाले उपमहासचिव रिमाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनको उत्सव मनाउने दिन सकिएको बताएका छन् ।

प्रदेश १ मा गठबन्धनलाई हराउँदै विजयी भएका एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पालाई बधाई दिदैँ रिमालले गठबन्धनको अन्तिम उत्सव नै राष्ट्रिय सभा भएको र अब यो सकिएको बताएका हुन् ।

रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ुउत्सवु सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाइ ।’

उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै रियल हुने बताएका छन् ।

अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले लेखेका छन् ।

बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले हात पारेको थियो ।

  • १३ माघ २०७८, बिहीबार १३:३९ प्रकाशित