काठमाडौं।
साताको कारोबारको पहिलो दिन सेयर बजार (नेप्से) मा गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ३९.२७ अंक (१.४३ प्रतिशत) ले घटेर २६९९.४४ विन्दुमा ओर्लिएको हो ।
बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८२ करोड कारोबार भएको बजारमा बज यो रकम ४ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको हो । आज ९५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
कुल २६९ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्यमा गिरावट आएको छ।













