मन्त्रिपरिषद् बैठक जारी : ४ वटा मन्त्रालय खारेज हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्दैछ ।

युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको अस्तित्व नरहने भएको हो ।

प्रधानमन्त्री कार्यालयलाई अझै शक्तिशाली बनाउने प्रारूप निर्माण गरिएको छ ।

  • २१ बैशाख २०८३, सोमबार ११:३० प्रकाशित