पोखरा ।
आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ बढेको छ । युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । विगत तीन दिनदेखि अमेरिकी डलरको विनिमयदर यही मूल्यमा स्थिर रहँदै आएको छ ।
त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा छ । हिजो युरो १ को खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ । विगत पाँच दिनदेखि कुबेती दिनारको विनिमयदर यही मूल्यमा स्थिर छ ।
आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













