सबैजसो विदेशी मुद्राको भाउ आज स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७८ रुपैयाँ ५१६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा छ । हिजापनि युरो १ को खरिददर १७८ रुपैयाँ ५१६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा छ । हिजापनि पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ०४ पैसा छ। विगत चार दिनदेखि कुबेती दिनारको विनिमयदर यही छ।

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २० बैशाख २०८३, आईतवार ०७:४६ प्रकाशित