सुकुमबासी सङ्घले गर्‍यो आम हडतालको घोषणा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राख्दै आन्दोलनको घोषणा गरेको संघका अध्यक्ष अमर परियारले जानकारी दिए।
संघले चार चरणमा आन्दोलन गर्ने भएको छ ।

संघले पहिलो चरणमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक क। प्रचण्ड र सहसंयोजक क। माधवकुमार नेपाललाई संघर्षको कार्यक्रम र कार्यतालिकाबारे जानकारी गराई पार्टीका सबै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूमार्फत् यसको कार्यान्वयनका लागि अनुरोध गर्ने भएको छ ।

वैशाख २० देखि ३० गतेसम्म संघले दोस्रोे चरणको हड्ताल गर्ने भएको छ ।

संघले देशभरका जिल्ला, पालिका र वस्तीमा ९ संभव भए वडामा समेत० बैठक र भेला आयोजना गरी गरी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समेटेर अखिल नेपाल सुकुम्बासी संघका तल्लो तहका समिति वा संघर्ष समितिहरू गठन गर्ने जनाएको छ ।

प्रत्येक स्थानीय तह र वडा कार्यालय, भूमि समस्या समाधान आयोग, त्यसका जिल्ला समितिहरू, जिल्लास्थित समन्वय, प्रशासन, नापी, भूमि, डिभिजन वनलगायतका कार्यालयहरूमा उठिवास रोक्न र यथाशीघ्र लालपुर्जा प्रदान गर्न माग गर्दै ज्ञापन पत्र दिने बुझाउने भएको छ ।

जबरजस्ती सुकुमबासीलाई उठिबास लगाउने कार्य अविलम्ब रोक्न माग गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कार्यालयहरूमा शान्तिपूर्ण तरिकाले विरोध पत्रहरू दर्ता गरी सार्वजनिक गर्ने भएको छ ।

यस्तै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गरी लालपुर्जा प्रदान गर्न अनुरोध सहित ज्ञापन पत्र दिई सार्वजनिक गर्ने भएको छ ।

वैशाख ३१ गते तेस्रो चरणको आमहड्ताल गर्ने संघले जनाएको छ । जसमा रास्वपाले अभ्यास गर्ने भनेको राइट टु रिकल मार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदीय दलको नेताबाट परिवर्तन गरी प्रधानमन्त्रीबाट हटाउन अनुरोधसहित काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएको छ ।सोही दिन मेची(महाकाली राजमार्गमा चक्काजाम समेत गर्ने भएको छ।

जेठ १ गतेबाट चौंथो चरणको हड्ताल गर्ने भएको छ ।

जेठ १ गतेबाट ७ गतेसम्म जनताको हितमा काम नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधलाई फिर्ता बोलाउन आह्वान गर्दै राइट टु रिकलका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने भएको छ ।

जेठ ७ गतेबाट मेची(महाकाली राजमार्ग र सुकुम्बासी केन्द्रित क्षेत्र केन्द्रित संघर्षसहित देशभरका वास्तविक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यापक सहभागितामा देशव्यापी अनिश्चितकालीन आम हड्ताल गर्ने भएको छ।

 

  • १७ बैशाख २०८३, बिहीबार १६:०० प्रकाशित