सिके राउतका कार्यकतालाई कारबाही गर्न निर्देशन

केन्द्रभाग मिडिया

file photo

जनकपुरधाम ।

उग्ररुपमा प्रस्तुत हुदैँ आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न मधेस सरकारले निर्देशन दिएको छ ।

हिजो भएको राष्ट्रियसभा निर्वाचनका लागि मतदानमा सहभागी हुन हिडेका प्रतिनिधिको सवारीसाधनमाथि तोडफोड गर्ने र आक्रमण गर्ने कार्यकर्तालाई कारबाही गर्न मधेस सरकारले निर्देशन दिएको हो ।

मधेस प्रदेश सरकरका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै तोडफोड र सांघातिक आक्रमण घटनाको वास्तविक छानविन गरी सम्बन्धितलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित दिएका हुन् ।

पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा सतिश साह लगायतका व्यक्तिमाथि मंगलबार आक्रमण भएको प्रदेश सरकारले जनाएको छ ।

‘घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखि अहिंसात्मक तवरबाट आफ्नो विचार एवम् अभिमत प्रकट गर्न जनमत पार्टीलगायत सम्वद्ध सबैमा प्रदेश सरकार आग्रह गर्दछ,’ अर्थमन्त्री साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जनमतका कार्यकर्ताले किसानका मुद्धा लिएर प्रर्दशन गर्दै आइरहेका छन् ।

  • १३ माघ २०७८, बिहीबार ०९:१७ प्रकाशित