करेन्ट लागेर महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

कैलाली ।

धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति ज्यान गएको हो ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले बताए ।रासस

  • १७ बैशाख २०८३, बिहीबार १०:४५ प्रकाशित