शेखर कोइराला समूहको भेला आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।

  • १७ बैशाख २०८३, बिहीबार १०:४१ प्रकाशित