केही स्थानमा हावाहुरीसहित सातै प्रदेशमा वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तल्लो वायुमण्डलको न्युन चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित मध्यम वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी भूभागको थोरै स्थानहरुमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

  • १७ बैशाख २०८३, बिहीबार ०७:४३ प्रकाशित