काठमाडौं ।
बुधबार सेयर बजार २५.८१ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७४४ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६.१६ अंक घटेको थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ४ को स्थिर रह्यो ।













