काठमाडौं।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । आङदेम्बेले बुधबार शाहलाई उपनेता बनाएका हुन् । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् ।
त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।
‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं)बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ दलको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।













