पोखरा ।
कास्की कारागारबाट १३ वर्षअघि फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटन बस्ने वर्ष ३२ का हेम कुमार तामाङ रहेका छन् ।
उनलाई वडा प्रहरी कार्यालय रामबजारले हिजो (सोमबार) पोखरा महानगरपालिका वडा नम्बर १३ दुई कुलाको मुहानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि कारागार कार्यालय कास्कीमा बुझाएको कास्की कार्यालय कास्कीले जानकारी दिएको छ ।
तामाङ १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा २०७० साल माघ १२ गते जिल्ला कारागार कास्कीबाट फरार भएका थिए ।













