काठमाडौं ।
कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको भेलामा डा. शेखर कोइराला समूह नजाने भएको छ ।निवर्तमान सहमहामन्त्री तथा शेखर समूहका नेता जीवन परियारले आफूहरू देउवा समूहले बोलाएको भेलामा नजाने जानकारी दिए ।
देउवा समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाराजगञ्जस्थित स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । त्यो भेलाबारे खड्काले शेखर समूहका नेता डा। शेखर कोइरालालाई जानकारी गराएका थिए ।
डा. कोइरालाले ‘भेला गर्नुस्, आफ्नो विचार के हो त्यसबारे धारणा बनाउनुस् तर, हामी आउँदैनौँ’ भनेर खड्कालाई भनेको उनी निकट एक नेताले जानकारी दिए ।













