अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (मंगलबार) अमेरिकी डलरसहित केही मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ हिजो पनि बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशीमुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा छ । हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८५ पैसा छ । हिजो आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०० रुपैयाँ १९ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • १५ बैशाख २०८३, मंगलवार ०६:३३ प्रकाशित