हामी संख्यामा कम छौँ, विचारमा परिपक्व र प्रस्ट छौँ : आङ्देम्बे

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफूहरू संख्यामा कम भए पनि सशक्त र प्रस्ट विचार बोकेर अगाडि बढ्ने बताएका छन् ।

सोमबार संसदीय दलको नेतामा सर्वसम्मत भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता आङदेम्बेले भने,‘हामी संख्यामा कम छौँ, विचारमा परिपक्व र प्रस्ट छौँ ।’

आङदेम्बेले कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतमा र आफूले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने र संविधान विपरीतका कामको विरोध गरेर सरकारलाई सचेत बनाउने बताए ।

संसद्‌मा संख्याले भन्दा विचारले महत्त्वपूर्ण भूमिका निभाउने आङदेम्बेको भनाइ थियो ।

  • १४ बैशाख २०८३, सोमबार १६:५१ प्रकाशित