काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।
यसैबीच नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ ।कार्यदलमा नेता देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।












