काभ्रेपलाञ्चोक ।
शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध छ । जसका कारण राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार राजमार्ग खुलाउन समय लाग्ने भएको छ ।
राजमार्ग खुलाउन समय लाग्ने भएपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाली प्रहरीले फलफूल वितरण गरेको छ । स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीको सयोगमा रोशी खोलामा फसेका यात्रुहरूलाई फलफूल, चाउचाउ, पानी लगायत वितरण गरिएको हो ।













