काठमाडौं ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा पुगेका छन् । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर मनोहरा नदी किनारको दुवैतर्फ आइतबार बिहानदेखि डोजर चलाएर बस्ती खाली गराइँदैछ ।
भूमिविहीन नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने कार्यको वस्तुस्थिति अवलोकन गर्न आईजीपी कार्की जडीबुटीस्थित मनोहरा फाँटमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्कीले सुरक्षा अवस्था र भूमिहीनलाई स्थानान्तरण कार्यको वस्तुस्थिति अवलोकन गरेर फर्केका हुन् ।













