बुटवलमा पनि टहरा हटाउन डोजर चलाइयो

केन्द्रभाग मिडिया

बुटवल ।

उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन डोजर चलाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।

उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए । अहिले प्रहरीले संरचना हटाउनका लागि डोजर चलाउन सुरु गरेको छ ।

  • १३ बैशाख २०८३, आईतवार १२:०९ प्रकाशित