पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौर बस्ने तनहुँ व्यास नगरपालिका वडा नम्बर २ का वर्ष ३२ का सुवास कायस्थ र सोही ठाउँका ३१ व्र्षका सुरज कायस्थ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरु बस्ने कोठामा खानतलासी गर्दा एउटा रडको स्लाईड स्टिक, एउटा नक्कली पेस्तोल, एउटा पेस्तोल कभर र २ वटा नोक बरामद भएको प्रहरीले जनाउको छ ।

उनीहरुमाथि थप अनुसन्धान अघि बढाईएको छ ।

  • ११ बैशाख २०८३, शुक्रबार १५:४९ प्रकाशित