पोखरा ।
लागूऔषध ब्राउन सुगर र नगद ९ लाखसहित पोखरा वडा नम्बर ११ फुलबारीबाट एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा फुलबारीमा डेरा गरी बस्ने लमजुङ मध्य नेपाल नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी वर्ष २७ की मन्दिरा मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
फुलबारीमा लागू औषधको बिक्री वितरण भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले मन्दिरालाई यहि वैशाख १० गते पक्राउ गरेको बताएको छ ।
मन्दिरा बस्ने कोठामा खानतलासी गर्दा १०२. ३७ ग्राम ब्राउन सुगर र ९ लाख नगद र एउटा मोबाईल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।
उनीमाथि थप अनुसन्धान अघि बढाइएको पाण्डेले बताए ।












