पूर्वराजा शाह आज पोखरा आउँदै

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदै छन् । उनलाई लिन आफूहरु विमानस्थल मै रहेको पूर्वराजा ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन समितिका संयोजक केशव भण्डारीले जानकारी दिए । ‘राजा पोखरा आउँदै हुनुहुन्छ । हामी उहाँको स्वागतार्थ विमानस्थलमा छौं । आज उहाँलाई स्वागत गर्ने कार्यक्रम छ । बाँकी कूरा गर्दैगरौंला’ उनले भने ।

पूर्वराजा शाहले यस अगाडि २७ माघ २०८१ मा पोखरा भ्रमणमा आएका आएका थिए । त्यतिबेला उनी २ हप्ता पोखरा बसेर काठमाडौं फर्कँदा राजवादीहरुले त्रिभूवन विमानस्थलमा ठूलैशक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए । यसपटक पनि पूर्व राजा ज्ञानेन्द्र कम्तिमा २ हप्ता पोखरा बस्ने बताइएको छ । पूर्वराजाले पोखरा बसाइँका क्रममा धार्मिक मठमन्दिरको दर्शनदेखि यसपटक राजनीतिक भेटघाटसमेत गर्ने जनाइएको छ ।

पूर्वराजा शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेपछि पहिलो पटक राजधानी बाहिर भ्रमणमा निस्केका हुन् । उनले भ्रमण गर्ने दिन आज २० औं लोकतन्त्र दिवस समेत भएकाले यस दिन गरिएको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राप्रपाका एक नेताले पूर्वराजा शाहले पोखरा भ्रमणबाट नेपालको राजनीतिमा एउटा नयाँ सन्देस दिने दाबी गरे ।

  • ११ बैशाख २०८३, शुक्रबार १०:२२ प्रकाशित