काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ । बिहीबार सांसदहरूले छलफल गरेर विधान पारित गरेका हुन् ।छलफलबाट विधान पारित गरेर अनुमोदनका लागि पार्टी समक्ष बुझाइएको सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।
उनी कांग्रेसले दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिका संयोजक पनि हुन् ।‘हामीले सांसदहरूसँग छलफल गरेर विधान पारित गरेका छौं,’ रसाइलीले भने, ‘पारित भएको दलको विधान अनुमोदनका लागि पार्टीलाई पठाइएको छ ।’
कांग्रेसले भोलि (शुक्रबार) संसदीय दलको नेता चयन गर्दै छ ।












