सुकुमबासी बस्ती खाली गर्नेबारे काठमाडौंका प्रजिअ र सुरक्षा प्रमुखहरुबीच छलफल सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुकुमबासी बस्ती हटाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला स्थित सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गरेका छन् ।

बिहान ११ बजेदेखी बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । बैठकमा काठमाडौँका एसएसपी रमेश थापा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सैनिक प्रतिनिधि सहभागी छन् ।

बुधवार प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूलाई बोलाएर आगामी शनिबार र आइतबारमा थापाथली स्थित सुकुमबासी बस्ती हटाउन निर्देशन दिएका थिए । सो निर्देशनपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला सुरक्षा समितिको बैठक बोलाएका हुन् । जिल्ला प्रशासन कार्यालयका एकजना अधिकृत भन्छन्, ‘आज जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।’

बैठकमा सुकुमबासी बस्ती खाली गर्नेबारे छलफल गरिने र सुरक्षा योजना तयार गरेर लागु गरिने सुरक्षा अधिकृतहरू बताउँछन् ।

  • १० बैशाख २०८३, बिहीबार १२:४१ प्रकाशित