काठमाडौं ।
बिहीबार सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लाहरूमा तातो लहर वा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा देशभर गर्मी बढ्ने देखिन्छ।
आज दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा, जनकपुर लगायत क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । यी जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
गर्मीबाट जोगिने आवश्यक उपाय अपनाउन महाशाखाको अनुरोध छ।














