एमाले कर्णालीका नेता कर्ण मल्ललाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

बलात्कारको आरोपमा नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मल्लविरुद्ध एक महिलाको जाहेरीकझ आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् । गित गाउने क्रमका सिलसिलामा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको ति महिलाको आरोप थियो ।

  • ९ बैशाख २०८३, बुधबार १७:१३ प्रकाशित