नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्यनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् ।

बुधबार नेपालमा कम्यनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजेपनि लडाइँ भने अन्तिमसम्म जारी राख्ने बताएका छन् ।

‘आफै त म लिडरसीपको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु, म पनि । मलाई साथ चाहिएको छ,’ प्रचण्डले भने, ‘तर, म अन्तिम समयसम्म लडाइँ चाहिँ छोड्दिनँ फेरि फेला पार्‍या जस्तो लागेको छ, म खुसी छु ।’

अहिले पार्टीलाई पुनर्गठित गर्ने र पुनर्संरचनामा लैजाने नयाँ अवसर प्राप्त भएको पनि उनले टिप्पणी गरे । यस्तो बेला सच्चिन चाहनेहरू मात्रै पार्टीमा बस्न उनले आग्रह गरे ।

‘पार्टीलाई नयाँ नयाँ बनाउने बेला हो यो । मैले त साथीहरूसँग भनेको छु–सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू गए हुन्छ भन्या छु मैले,’ उनले भने ।यो बेला धेरै पार्टीबीच एकता भएको र कोही नफुत्किउन भन्ने आफूले चाहेको पनि प्रचण्डले बताए ।

  • ९ बैशाख २०८३, बुधबार १६:२७ प्रकाशित