पश्चिम नवलपरासीमा आगलागी : करिब साढे ४ करोड क्षति, १२ घर जले

केन्द्रभाग मिडिया

symbolic picture

पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् ।प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् । रासस

  • ९ बैशाख २०८३, बुधबार १३:५७ प्रकाशित