अस्ट्रोलियन र अमेरिकी डलरसहित धेरैजसो मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबैजसो मुद्राको भाउ बढेको थियो।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ३४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ९ बैशाख २०८३, बुधबार ०६:४७ प्रकाशित