जेन्जी आन्दोलनको क्रममा फरार पोखरा १७ छोरेपाटनका एक युवक पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

पोखरा ।

२०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा जिल्ला कारागार कास्कीबाट फरार भएका युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन बस्ने वर्ष ३० का फरार तेन्जिङ कुल्सङ गुरुङलाई हिजो वैशाख ७ गते पोखरा महानगरपालिका वडा नम्बर ६ दिगोपाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनी लागुऔषध मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका थिए । उनलाई कारबाहीको लागि पुन कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • ८ बैशाख २०८३, मंगलवार १६:५१ प्रकाशित