संसदको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ ७ दिनभित्र दिनुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयको जवाफ सभामा सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भएको छ।

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा सभामा उठेका विषयमा ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ। सत्तापक्षीय सांसदहरूले १५ दिनभित्र जवाफ दिनुपर्नेमा जोड दिएका थिए । तर प्रतिपक्षी दलहरूको अडानले यसअघिकै व्यवस्था कायम गरिएको हो।

यसअघि पनि प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएको जवाफ ७ दिनभित्र दिनुपर्ने व्यवस्था थियो।

  • ८ बैशाख २०८३, मंगलवार १६:१२ प्रकाशित