पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो यी सबैजसो मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा छ । हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।














