काठमाडौं ।
सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो ।
बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ । यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा विमर्श हुने सह–महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
तर पहिल्यै एजेन्डा तय भएपनि पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यापारिक दीपक भट्टसँग व्यापारिक (सेयर) लगानी रहेको तथ्य बाहिरिएपछि त्यसबारे पनि छलफल हुने आचार्यले बताए ।
‘प्रश्न उठेपछि पार्टीले जवाफ दिनुपर्छ । गृहमन्त्रीको सम्बन्धबारे कति सत्य हो वा होइन, त्यसबारे केन्द्रीय समिति बैठकमा छलफल हुन्छ’, उनले भने ।
आचार्यका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।













