काठमाडौं ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८२५ अंकमा झरेको छ । कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन विन्दु आजका लागि अधिकतम रह्यो ।
अघिल्लो कारोबार दिन नेप्से ५ अंक बढेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।













