अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ७ बैशाख २०८३, सोमबार ०७:५९ प्रकाशित