पोखरा ।
पोखरामा व्यावसायिक मुवाथाईको सुरुवात गर्दै आइरहेको साक यान्त मुआथाईले काठमाडौंमा उत्कृष्ट प्रदर्शनी गरेको छ ।
काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मुयथाई प्रतियोगिता ‘दक्षिणकाली फाइट नाइट’ मा साक यान्त मुआथाईका एलेन थकालीले नकआउट गर्दा अर्मंङले डेब्यु खेलमै जित हासिल गरेका छन् ।
एलेन थकालीले आफ्नो प्रतिस्पर्धी भुपेन्द्र विकलाई पहिलो राउन्डको पहिलो मिनेटमै नकआउट गरे । सुरुदेखि नै आक्रामक देखिएका थकालीले प्रतिद्वन्द्वीलाई सम्हालिन नदिई छिट्टै खेल आफ्नो पक्षमा पारे ।
त्यसैगरी, अर्मुङ थापाले भने पहिलो पटक प्रा–फाइनमा स्पर्धा गरेका थिए । उनले आफ्नो डेब्यु खेलमै एपिएफका सुमन राईलाइ हराउन सफल भए ।
साक यान्त मुआथाईका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जितपश्चात आफु खुसी रहेको प्रतिक्रिया दिए ।
नेपालमा व्यावसायिक फाइटको रौनक बढिरहँदा यस्ता प्रतियोगिताले खेलाडीलाई खेलेरै पनि जिविको पार्जन गर्न सक्ने वातावरणको सिर्जना गर्ने सुनाए । यि प्रतियोगिता अन्तर्राष्ट्रिय रिङमा प्रवेश गर्ने ढोकाको रुपमा रहेको समेत उनले सुनाए ।
‘हामीले निकै मिहेनत गरेर यहाँसम्म आइपुगेका छौं । यो हाम्रो सुरुवात हो । खेलाडीको प्रदर्शनीबाट म सन्तुष्ट छु तर, अझै कडा प्रशिक्षण गर्नुपर्छ’ प्रशिक्षक क्षेत्रीले भने । मुआथाईले नेपालको पर्यटन क्षेत्रमा समेत नयाँ आयाम थप्ने उनको भनाइ छ । यो प्रतियोगिताबाट अब विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा समेत सहभागिता जनाउने उनले बताए ।













