संसदीय दलको नेता छान्ने कसरतमा कांग्रेस, आजपनि छलफल हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले अझैपनि संसदीय दलको नेता चयन गरेको छैन । दलको नेता छान्न आज पनि छलफल हुँदैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन् । मोहन आचार्यदेखि निश्कल राईसम्मको पनि चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। सहमतिका लागि आज फेरि बैठक बस्दैछ ।

  • ५ बैशाख २०८३, शनिबार ०८:४० प्रकाशित