काठमाडौं ।
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ ।
सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ अंकसम्म झरे पनि त्यसपछि सामान्य उतारचढाव हुँदै अन्तिम समयसम्म उकालो लाग्यो ।
अघिल्लो दिन नेप्से ३३ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।
नेप्से बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०८ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १२ को स्थिर रह्यो ।












