काठमाडौं ।
प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसीको शुभकामना दिंदै नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन् । प्रधानमन्त्री शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताउँदै शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिंदै प्रधानमन्त्री शाहले भनेका छन्, माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।उनले लेखेका छन्, ‘हे जननी १ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’
नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।












