अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्दा अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज शुक्रबार अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि यी मुद्राको भाउ घटेको थियो । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने आज बढेको छ । अस्ट्रेलियन डलरको भाउ विगत केही दिनदेखि लगातार बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ९८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६६ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३९४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ १३ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८२ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

कुन मुद्राको भाउ कति हेर्नुहोस्

 

  • ४ बैशाख २०८३, शुक्रबार ०८:१८ प्रकाशित