काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्को संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा उम्मेदवारी दिएको छ ।
नेकपाले बिहीबार एमाले र कांग्रेसको समर्थनमा उक्त समितिको सभापतिमा उम्मेदवारी दिएको हो।नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले उक्त समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् । शाहको प्रस्तावकमा कांग्रेसका जनकराज गिरी र समर्थकमा एमालेका पुष्पराज कडेल रहेका छन् ।
यो समितिमा रास्वपाले गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । दुई जनाको उम्मेदवारी परेसँगै यो समितिको सभापतिमा मतदान हुने भएको छ।













