डिजेल र हवाइ इन्धन (अन्तरिकतर्फ) को भाउ बढ्यो, पेट्रोलको यथावत

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल आयल निगमले इन्धनको भाउ समायोजन गरेको छ गरेको छ । यसअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ भाउ बढाएको छ ।

पेट्रोलको भाउ भने यथावत राखिएको निगमले जनाएको छ । पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ । पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ ।

मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ । इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो । समायोजन भएको मूल्य गए राति १२ बजे पछिबाट लागु भएको हो ।

 

 

  • ३ बैशाख २०८३, बिहीबार ०६:४४ प्रकाशित