रास्वपा संसदीय दलको बैठक भोलि बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । यसअनुसार बिहीबार सभापतिहरूमा मनोनयन दर्ता हुन लागेको हो ।

  • २ बैशाख २०८३, बुधबार ११:४९ प्रकाशित