विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई उज्यालो र न्यायपूर्ण बनाउँ : पूर्वप्रधानमन्त्री कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको कामना गरेकी हुन्।

आफ्नो शुभकामना सन्देशमा कार्कीले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरेकी छन्। उनले मुलुकलाई समृद्धिको दिशामा लैजान कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको बताउँदै नयाँ वर्षले सबैमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।रासस

  • १ बैशाख २०८३, मंगलवार १३:०१ प्रकाशित