हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन् : परराष्ट्रमन्त्री खनाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू स्पष्ट भएको बताएका छन् ।

मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’

चार वर्षअघि स्थापना भएको आफ्नो पार्टीका मन्त्री र सांसदहरू विभिन्न पेशाबाट आएको हुनाले आम्दानी हुनु स्वाभाविक भएको उनको भनाइ छ ।

आफ्नो पार्टी सुरुदेखि नै सुशासनको पक्षमा रहेको र यसअघि गठबन्धन सरकारमा सहभागी हुँदा पनि रास्वपाका सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेको खनालले स्मरण गरे ।

प्रधानमन्त्री सहित मन्त्रीहरूको विवरण आइतबार सार्वजनिक भएको थियो ।

  • ३० चैत्र २०८२, सोमबार १७:०६ प्रकाशित