भारतमा डुङ्गा दुर्घटना : ११ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतमा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । एक दिन बितिसक्दा पनि ५ जना अझै बेपत्ता छन् ।उत्तर प्रदेशस्थित यमुना नदीमा श्रद्धालुहरू चढेको एउटा डुङ्गा पल्टिएको थियो । सोही दुर्घटनामा ११ जनाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात नदीबाट २२ जनाको भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

  • २९ चैत्र २०८२, आईतवार ११:१५ प्रकाशित