पाँचथर ।
युटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज गर्दै कन्टेन्ट क्रियट गरि प्रसारण गरेको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन् ।













